छलिया शैलीमा आधारित गीत "नबाड्याकी ठ्याउकी" चर्चामा

छलिया शैलीमा आधारित गीत "नबाड्याकी ठ्याउकी" चर्चामा

धनगढी । पछिल्लो समय नेपाली बजारमा डेउडा भाका एक पछि अर्को गरि चर्चामा आइरहेका छन् भने नेपाली श्रोता तथा दर्शकले समेत अत्याधिक मन समेत पराइरहेका छन् ।

देउडामा फ्युजन संगीतको प्रयोगले युवा पुस्ता माँझ यी भाकाहरु चर्चित भइरहेका छन् ।

यसैक्रममा पछिल्लो समयकी चर्चीत गायीका रेखा जोशी र विनोद बाजुरेलीको आवाजमा नयाँ गीत "नबाड्याकी ठ्याउकी" सार्वजनिक भएको छ।

यहि बुधवार सुभारम्भ डिजिटल म्युजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत अहिले चर्चामा रहेको छ ।  सुदूरपश्चिममा चर्चित छलिया शैलीमा आधारित गीतमा संगीत र शब्द बाजुरालीको रहेको छ ।  

सुदूरपश्चिमकै स्थानीय बाजागाजा, भेषभूषा र लवजलाई समेटेर गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरि उत्कृष्ठ बनाइएको छ।

भिडियोमा चक्र बम र करिष्मा ढकालले अभिनय गरेका छन्। भिडीयाेकाे निर्देशन भीम थापाले गरेका हुन् भने सिनेमाटोग्राफी राजेश घिमिरेको रहेको छ।  

पछिल्लो समय गायीका जाेशीले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् ।
जाेशी कर्णप्रिय देउडा गीत सुन्न रुचाउनेका  विच अत्याधिक र्चचामा रहेकी गायीका हुन्।

उनी सुदूरपश्चिमका देउडा पारखीको मनमनमा पस्न सफल भएकी छन् । याे अवधिमा ७ सय भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसकेकी छन् ।