बैतडीको पर्यटन प्रवद्धन र विकासका लागि जिल्लामा सूचना केन्द्र स्थापना हुने

बैतडीको पर्यटन प्रवद्धन र विकासका लागि जिल्लामा सूचना केन्द्र स्थापना हुने

बैतडी । बैतडीको पर्यटन प्रवर्धन गर्न जिल्लामा सूचना केन्द्र स्थापना हुने भएको छ । 

सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यान्वयन इकाई धनगढीका प्रमुख भोजराज पाठक सहित, उद्योग वाणिज्य सङ्घ बैतडी र होटेल व्यवसायी सङ्घका पदाधिकारीको बैठकले सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको जनाएको छ । 

बुधवार गोठलापानिमा बसेको बैठकले गोठालापानि बजारमा सूचना केन्द्र स्थापना गर्ने र उक्त कार्य बा लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिका सदस्य तथा होटेल व्यवसायी सङ्घ बैतडीका अध्यक्ष बासुदेव भट्टले जानकारी दिनुभयो ।