लागूऔषधसहित कैलालीमा पाँच जना पक्राउ

लागूऔषधसहित कैलालीमा पाँच जना पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।

उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको सूचना आउन साथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित उनीहरुलाई फेला पारी  पक्राउ गरेको हो।