कञ्चनपुरको वेदकोटमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

कञ्चनपुरको वेदकोटमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका मा एक युवती मृत अवस्थामा फेला परेकी छन्। 

कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार नगरपालिकाको वडा.नं. ७ की १८ वर्षीय रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन् । 

विवाहित ती युवती आफ्नै घरको सिलिङमा शुक्रवार झुण्डिएको अवस्थामा मृत फेला परेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताए । 

युवतीका माइती पक्ष पहाडबाट शुक्रवार साँझ आइपुगेका र शनिवार मात्र घटनास्थलमा अनुसन्धान कार्य अगाडी बढाइने प्रहरी नायब उपरीक्षक थापाले बताए।