घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताउनु भएको छ ।

नगारिक एपको शुभारम्भ समारोहमा भर्चुअल शुभकामना मार्फत प्रधानमन्त्री ओलीले सबै प्रकारका सरकारी सेवा एकीकृत एप मार्फत दिने र सेवा सहज सरल बन्नुका साथै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्भव भएसम्मका स्थानीयदेखि केन्द्रका सबै सरकारी सेवा एप मार्फत प्रदान गर्ने गरी परीक्षण गरिएको उल्लेख गर्नुहुँदै नागरिकले झन्झट र दुःख व्योहोर्नु नपर्ने गरी सेवा प्रदान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने यो अभियानमा सहभागी हुन र सुधारको लागि सुझाव दिन तथा अग्रणी भूमिका निर्वाह गर्न सम्पूर्ण नागरिकलाई आहवान समेत गर्नुभयो।