बाथरोगबाट बच्न दही खानुस्, खानापछि दही खानुको फाइदै फाइदा

बाथरोगबाट बच्न दही खानुस्, खानापछि दही खानुको फाइदै फाइदा

दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ । दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ ।

यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ । मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ ।

दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ । दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।

छाला चम्किलो बनाउन तथा कपालको चायाँ हटाउन दहीले मद्दत गर्छ । यसमा हुने ल्याक्टिक एसिड र एन्टी फंगल प्रपर्टीले चायाँ निर्मूल गराउँछ । तनाव घटाउन समेत दहीले मद्दत गर्छ । एक अमेरिकी विश्वविद्यालयले गरेको अध्ययन अनुसार मानसिक पीडाका लागि जिम्मेवार दिमागी तन्तुलाई निष्क्रिय बनाउन दहीले भूमिका खेल्छ ।