आँखा कमजोर छन्, तेज बढाउनका लागि गर्नुस् यस्तो अभ्यास !

आँखा कमजोर छन्, तेज बढाउनका लागि गर्नुस् यस्तो अभ्यास !

आँखा भए मात्र हामी संसारको सुन्दरता देख्न पाउँछौं । तर उमेर बढ्दै जाँदा, शारीरिक कमजोरीका कारण र आफैंले गर्ने केही गल्तीले आँखा धमिलो हुँदै जान्छ । अनि चश्मा लगाउनुपर्ने हुन्छ । 

यसबाट बच्नका लागि भिटामिन ए युक्त आहार लिनु जरूरी हुन्छ । यसबाहेक केही व्यायामले पनि आँखाको तेज बढाउन सहायता गर्छन्  । यहाँ हामी ती उपाय बताउँदैछौं । 

परेला झिम्क्याउने
कम्प्युटरमा लगातार सातआठ घन्टा काम गर्दा आँखाको तेज हराउनसक्छ । यसरी काम गर्दा हामी सामान्य अवस्थाभन्दा कम परेला झिम्क्याउँछौं । यसले गर्दा आँखा सुक्खा हुन्छ र दबाब पनि पर्छ । कामबाट अलिकति समय निकालेर दिनमा तीनचारचोटि चार सेकेन्डसम्म परेला झिम्क्याउनुस् । आँखा ताजा हुन्छ । 

गोलो घुमाउने
आँखाको तेज बढाउनका लागि १० चोटि दाहिनेतिर अनि अर्को दशचोटि देब्रेतिरबाट आँखाको नानी घुमाउनुस् । 

आराम
काम गर्दागर्दै थाक्नुभएको छ भने कुर्सीमा आरामले बस्नुस्, टाउको पछिल्तिर ढल्काउनुस् र आँखा बन्द गर्नुस् । त्यही स्थितिमा तीन मिनेट बस्नुस् । दिनमा एकचोटि यो अभ्यास गर्नुस् । 

जूम इन जूम आउट
पलेंटी मारेर बस्नुस् र आफ्नो हात अनुहारअगाडि राख्नुस् । मुट्ठी बन्द गर्नुस् र बूढी औंला ठड्याउनुस् । बूढी औंलामा पूरा ध्यान केन्द्रित गर्नुस् र बिस्तारै अनुहारजनिक ल्याउनुस् । त्यसमा नजर टिकाइरहनुस् । अनि त्यसैलाई बिस्तारै टाढा लानुस् ।