सामूहिक बलात्कार भएको भन्दै उजुरी दिने युवती पक्राउ

सामूहिक बलात्कार भएको भन्दै उजुरी दिने युवती पक्राउ

ओखलढुंगा । सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ परेकी छिन् ।

तीन दिन अगाडि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

उनले रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी हुन् । तर कतैबाट पनि बलात्कार भएको नखुलेको र आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई पक्राउ गरेकाे खबर कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

अनुसन्धानका क्रममा प्रहरीले झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको छ ।