महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ को आयोजना हुने भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ ले थला परेको खेलकुद क्षेत्रलाई पुनर्जागरण गर्न र फुटबल विकास गर्ने उद्देश्यका साथ महेन्द्रनगरको खुल्ला मञ्चमा प्रतियोगिता हुने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न क्लबहरूको प्रतिनिधित्व हुने गरी महेन्द्रनगर क्षेत्रकै सबैभन्दा ठुलो धनराशिको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को आयोजना हुन लागेको प्रतियोगिताका संयोजक महेन्द्र चन्दले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, प्रतियोगितामा सहभागी हुने क्लबका लागि माघ १० गते साँझ ४ बजेसम्म टिम दर्ता गर्न समय सीमा तोकिएको छ ।
नकआउट आधारमा खेलाइने प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।