धनगढी । कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका २ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस