तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ।
सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ।

समृद्धि त आएर गएछ सायद चालै पाएन मैले,
मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ।

तपाईं हावामा बसेर हावाकै कुरा मात्र गर्नुहुन्छ,
म सडकमै बस्छुँ मलाई सडकपेटीको चिन्ता छ।

बेकारको रोइलो गर्छन साथीहरू के भन्ने होला, 
कसैलाई कुर्सीको कसैलाई पलेटीको चिन्ता छ।

पण्डितहरू घरीघरी आँखा डुलाउँछन रे म तिर,
कसैलाई दक्षिणाको कसैलाई भेटीको चिन्ता छ।

 २०७७/१०/४ महेन्द्रनगर