बलात्कार आरोपमा फरक क्षमता भएका पुरुष पक्राउ

बलात्कार आरोपमा फरक क्षमता भएका पुरुष पक्राउ

एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा हुम्लाबाट एक पुरुष पक्राउ परेका छन्।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई जबजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

माघ १ गते च्यादुक गाउँमा ती पुरुषले आफूलाई बलात्कार गरेको महिलाको आरोप छ। जबर्जस्ती करणी गरेको उजुरी परेपछि धारापोरी प्रहरीचौकीको टोलीले पुरुषलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको जिल्ला प्रहरी हुम्लाले जनाएको छ।

आरोपित पुरुषलाई नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ। पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको छ।