उद्यमीका लागि एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान

उद्यमीका लागि एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान

अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुलाई उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको हो । 

एनसेलले अहिले संचालनमा रहेको फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएको छ ।

पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याइएको एनसेलले जनाएको छ । भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्ने एनसेलको अपेक्षा रहेको छ । 

नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक १४९ रुपैयाँबाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २९९रुपैयाँ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् । 

नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउने छन् ।

बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शुल्क लाग्ने प्लानको प्रयोग गर्न सक्ने छन्। कर्पोरेट ग्राहकले २९९ देखि १,४९९ रुपैयाँसम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुरु गर्न सक्छन् ।

सरकारी कार्यलयका ग्राहकले रुपैयाँ १४९ देखि ४९९ सम्मका ४ वटा प्लानहरुमध्ये आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।