कञ्चनपुरको वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु

कञ्चनपुरको वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ ।

विगत ३ वर्षदेखि प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो वडाका अध्यक्ष नरेश सिंहले बताउनु भयो  । उहांले अबको एक महिनाभित्रै सेवा सुचारु हुने बताउनु भयो ।

वडाध्यक्ष सिंहका अनुसार फोरजी सेवा सुचारु भएसंगै सो क्षेत्रका जडेपानी, चाँदनीफाँटा, झरना टोल, हात्तीथला, मुक्ती बसन्थला र भम्कामा समेत सेवा प्रवाह हुनेछ ।