कैलालीमा हराएको झण्डै ५ तोला सुन, नगद र मोबाईल भेटाएर फिर्ता गरिन् चौधरीले

कैलालीमा हराएको झण्डै ५ तोला सुन, नगद र मोबाईल भेटाएर फिर्ता गरिन् चौधरीले

धनगढी । धनगढीमा भेटिएको झण्डै ५ तोला सुन एक महिलाले भेटाएर फिर्ता गरेकी छिन्। उप–महानगरपालिका वडा नम्बर १ की शान्ति चौधरीले भेटाएको पौने ५ तोला सुन फिर्ता गरेकी हुन।

उनले  सोही वडाका प्रदिप नेपालीको हराएको सुन चौधरीले भेटाएपछि फिर्ता गरेकी हुन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १ तोलाको छडके तिलहरी १ थान, ३ तोलाको हार १ थान, ५ आनाको माईली तिलहरी, २ आनाको काँटा, नगद रु १ हजार २ सय र मोबाईल १ थान चौधरीले फिर्ता गरेकी हुन ।

धनगढीबाट अत्तरिया जाने क्रममा हराएको सुन चौधरीका छोराले भेटाएपछि सोमबार जिल्ला प्रहरी कार्यालयको रोहबरमा सम्बन्धित धनि प्रदिप नेपालीलाई बुझाइएको प्रहरीले जनाएको छ ।