नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संसद विटन सम्बन्धी विषयमा दिएको अभिव्यक्तिले संवैधानिक इजलासमा प्रवेश पाएको छ ।
करिब एक वर्ष अगाडि तत्कालिन संबिधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका थिए । उनको उक्त भिडियो अहिले चर्चामा आएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले नेता नेम्वाङले बोलेको भिडियोबारे छलफल हुनुपर्ने बताए । उनले त्यसलाई संसद विघटनको पक्षमा प्रमाणको रुपमा रहेको बताए ।
‘मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान्’, उनले भने, ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन । संविधान सभाको चेयर पर्सनले भनेको हो ।’
प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्मार्फत राष्ट्रपति समक्ष गत पुस ५ गते संसद विघटनको प्रस्ताव लगेका थिए सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनसँग वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी थिइन् ।
उनले भिडियोमा ‘प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन, ठ्याक्कै चुनाव ५ वर्षमा नै हुन्छ’ भन्दै अभिव्यक्ति दिएका थिए ।