कैलालीमा गुड्दै गरेको बसभित्र मोटरसाईकल पसेपछि...

कैलालीमा गुड्दै गरेको बसभित्र मोटरसाईकल पसेपछि...

धनगढी । कैलालीको अत्तरिया चोकमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । धनगढीबाट टीकापुर तर्फ गईरहेको ना ६ ख १६५० नम्बरको बसले झलारीबाट अत्तरिया तर्फ आउँदै गरेको से २ प ९१०२ नम्बरको मोटसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल बस भित्र पसेको हो ।

अत्तरिया चोकको बिच भागमा बसले मोटरसाईकलको पछाडीको भागमा ठोके पछि मोटरसाईकल बस भित्र पसेको भएपनि चालक भने सकुशल रहेका छन । बसको ठक्करबाट मोटरसाईकल क्षतिग्रस्त बनेको छ ।