हिटरबाट कोठामा आगो सल्किँदा एक जनाको मृत्यु

हिटरबाट कोठामा आगो सल्किँदा एक जनाको मृत्यु

काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको हो। उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए।

त्यस क्रममा विद्युत सर्ट भएर आगलागी भएको हो। आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ।