सेनाको टोलीले समात्यो खाग तस्करीको नाइकेलाई

सेनाको टोलीले समात्यो खाग तस्करीको नाइकेलाई

चितवन।   नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्‍जमा कार्यरत कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करी गर्ने नाइके रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ। 

निकुञ्‍जमा चलाइएको 'अपरेशन महाहण्ट-७' मा खटिएको टोलीले कालिका नगरपालिका वडा नम्बर ९, शक्तिखोर निवासी ३२ वर्षीय 'तारा' भनिने वीरमान सिंह प्रजालाई पक्राउ गरेको हो।

सेना र निकुञ्‍जको टोलीले वन्यजन्तुको चोरी सिकारमा संलग्नहरूलाई पक्राउ गर्न महाहण्ट अपरेशन चलाउने गरेको छ।