कञ्चनपुरको बेलौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी २ जना गम्भीर घाइते

कञ्चनपुरको बेलौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी २ जना गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको बेलौरी नगरपालिकाको बेलौरी बजारस्थित महाशक्ति पेट्रोल पम्प नजिक आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका हुन् । 

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव उपरीक्षक कमल कुमार खड्का अनुसार चौधरीले आफैंले चलाएको सु.प.प्र ५७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा बेलौरी नागरपालिका ४ रिछहाका ४७ का वासुदेब चौधरी र सोहि मोटरसाइकलमा सवार लालझाँडी गाउँपालिका ३ बल्मीका २८ कमल बहादुर राना गम्भीर घाइते भएको बताए ।

गम्भीर घाइते भएका उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको खड्काले बताए ।