डडेल्धुरा को भागेश्वर गाउँपालिकामा कागजमा मात्र मदिरा निषेध

डडेल्धुरा को भागेश्वर गाउँपालिकामा कागजमा मात्र मदिरा निषेध

डडेल्धुरा । डडेल्धुरा को भागेश्वर गाउँपालिका कागजमा मात्र मदिरा निषेध गरिएको स्थानीय नागरिक गुनासो छ । पाँच वडा रहेको गाउँपालिकामा गाउँ गाउमा ,जाडरक्सि पाइने गरको छ । गाउँपालिकाको १,२,५ वडामा स्थानीयहरूले आफै उत्पादन गरेर जाड बित्रिवितरण गर्ने गरेका छन् भने ३,५ मा डडेल्धुरा सदरमुकाम र बैतडी बाट ल्याएर बेच्ने गरेको पाइन्छ । मदिरा नियन्त्रण नहुदा घरेलु हिंसा बढेको पाइन्छ  । 

भागेश्वर गाउँपालिकाका बगरकोट, सिराड, रुपाल, बोगटा, लमिकान्डेमा मदिरा व्यापारीहरूले खुलेआम बेच्ने गरेको स्थानीय बत्ताउँछन् ।  

भागेश्वर गाउँपालिकाको सदरमुकाममा रहेको बगरकोट बजारमा पनि हालत भने यही रहेको छ । बजार नजिकै प्रहरी चौकी छ तर प्रहरी चौकी यस विषयमा मौन छ । 

यस विषयमा बगरकोट प्रहरी कार्यालयका प्रमुख नरेन्द्र राज भट्ट सँग बुझ्दा उनले भने, 'हामी सिङ्गो प्रहरीको यो जिम्मेवारी होइन, वडा, गाउँपालिकाकोको के काम ?'