१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।

‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा।तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा।कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’

बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरीबहादुरले बताए । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ ।

डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् । तर, अप्रेशन गर्न पैसा अभाव भएको वुवा हरीबहादुरले गुनासो गरे । ‘धरान र विराटनगरका तीन÷चार वटा अस्पतालमा घुमायौं, नभएपछि काठमाडौं लगेका हौं ।’ हरीबहादुरले भने–‘अहिलेसम्म तीन लाख जती खर्च भइसक्यो, अझै कति लाग्छ टुंगो छैन । पैसा नभएर छोरीको उपचार गर्न समस्या भइरहेको छ ।’

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।

‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा।तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा।कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’

बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरीबहादुरले बताए । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ ।

डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् । तर, अप्रेशन गर्न पैसा अभाव भएको वुवा हरीबहादुरले गुनासो गरे । ‘धरान र विराटनगरका तीन÷चार वटा अस्पतालमा घुमायौं, नभएपछि काठमाडौं लगेका हौं ।’

हरीबहादुरले भने–‘अहिलेसम्म तीन लाख जती खर्च भइसक्यो, अझै कति लाग्छ टुंगो छैन । पैसा नभएर छोरीको उपचार गर्न समस्या भइरहेको छ ।’