प्रदेश २ लाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

प्रदेश २ लाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा लुम्बिनीले प्रदेश २ माथि जित निकालेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले आफ्नो पहिलो खेलमा प्रदेश २ माथि ७७ रनको जित निकालेको छ।

टस जितेर ब्याटिङ उत्रिएको लुम्बिनीले प्रदेश २ सामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रन जोडेको थियो। लुम्बिनीका लागि सन्दीप रजालीले सर्वाधिक ८३ रन बनाउँदा सौरभ खनालले ५६ रन बनाए। त्यस्ते विक्रम भुषालले ३६ रन जोड्दा अमित तामाङ ११ रनमा अभिजित रहे।

बलिङतर्फ प्रदेश २ का हरिशंकर साहले सर्वाधिक ३ विकेट लिँदा दिब्यांशु मलिकले २ विकेट लिए। त्यस्तै सैफुल्ला अन्सारी, कुमार थापा र बिशाल सुस्लिङले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ब्याटिङ राम्रो सुरुवात गरेपनि मध्यक्रममा नपुग्दै धर्मराएको थियो। प्रदेश २ का ओपनर सुधीर चौधरीले ४२ रन बनाउँदा अर्का ओपनर हरिशंकर साहले २२ रन जोडे।

त्यस्तै मेहेबुब आलमले ३१ रन जोड्दा अन्य ब्याट्सम्यानहरु चल्न सकेनन्। धर्मराएको प्रदेश २ को ब्याटिङलाई सम्मानित स्कोरतर्फ डोहोर्‍याउन विवेक यादवले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन जोडे।

बलिङतर्फ अनिल खरेलले सर्वाधिक ४ विकेट लिँदा विक्रम भुषाल र दीपेन्द्र रावतले समान २र२ विकेट लिए। त्यस्तै कृष्ण कार्की र अमित तामाङले समान १/१ विकेट लिए।

जितसँगै लुम्बिनीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।