रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना हुदा कैलालीमा २ जना घाइते

धनगढी खबर    

रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना हुदा कैलालीमा २ जना घाइते

धनगढीः कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन।

जिल्लाको घोडाघोडी नगरपालिकामा पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको घोडाघोडी ताल नजिकै सडकमा रोकेको से १ ख ९२३ नम्बरको  ट्रकमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५९३ नम्बरको अटो ठोक्किदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा परि अटो रिक्सा चालक घोडाघोडी नगरपालिका-८ का गगन बोहरा र अटोमा सवार सोही ठाउँका लालबहादुर साउद रहेको बताए। 

उनका अनुसार दुवै जनालाइ उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
 



बुधबार ०७, माघ २०७७ ०८:५४ मा प्रकाशित

#कैलाली #दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस