कञ्चनपुर । ७० ग्राम चरेशसहित कञ्चनपुरमा होटल सञ्चालक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको शुक्लाफाटाँ नगरपालिका- ११ कलुवारपुरबाट लागु औषध चरेशसहित ४१ वर्षीय देबेन्द्रबहादुर कठायतलाइ पक्राउ गरिएको हो ।
कठायतलाइ ७० ग्राम चरेशसहित कलुवारपुर स्थीत आफ्नै घरमा सञ्चालन गरेको होटल बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। अहिले कठायतलाइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।