दोधाराचाँदनीमा विवाहित युवती मृत फेला

दोधाराचाँदनीमा विवाहित युवती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० सुन्दरनगरमा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी छन। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले १८ वर्षीया सपना नेपाली मगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको बताए। 

उनका अनुसार नेपाली कच्ची घरको काठको बल्लीमा चुन्नीले पासो लगाएको अवस्थामा भेटेपछि श्रीमानले उद्दार गरि प्राथमिक स्वास्थ्य केन्द्र पुगाएका थिए। 

उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पुगाईसक्दा सम्मन मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।