बाबुराम भट्टराई आज टीकापुर आउँदै

जनसभालाई सम्बोधन गर्ने

धनगढी खबर    

बाबुराम भट्टराई आज टीकापुर आउँदै

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर आउनुहुने  भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्दैछ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् ।

भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु ।’



बुधबार ०७, माघ २०७७ १०:२७ मा प्रकाशित

#जनता समाजवादी पार्टी #कैलाली #टीकापुर #बाबुराम भट्टराई

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस