सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपा सुदूरपश्चिमका ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएसंगै दुई मन्त्राल खाली रहेका बेला प्रदेश सरकारलाई पुर्णता दिन मन्त्रीमण्डल फेर बदल गर्न थालीको चर्चा बहिर आएको छ ।

हाल बहाल वाल ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थप्नेगरि नेकपा प्रचण्ड–नेपाल समूहले गृह कार्य अगाडि बढाएको चर्चा चलेको छ । मन्त्रीबाट फिर्ता बोलाउनेमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी रहेको श्रोतको भनाई रहेको छ ।

उता नेकपा प्रचण्ड–नेपाल समूहले गृहकार्य जारी राखेको बताउदै आ्रएको छ । मन्त्रीमण्डल फेर बदल हुन्छ । जिम्मेवारी क कस्लाई दिनेबारे टुङगो लागी नसकेको तर पार्टीले आधिकारीक निर्णय गरिसकेको अवस्था नभएको प्रदेशसभा संसद लाल बहादुर खडकाले बताए ।

नेकपा नेता तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज भीम रावल पनि सुदूरपश्चिममै रहेका बेला छिट्टै सरकारको टुङगो लाग्ने उनले बताए । नयाँ फेरिने मन्त्रीहरुमा प्रमुख सचेतक तारालामा तामाङ लाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, प्रदेशसभा सदस्य पूर्णा जोशीलाई सामाजिक विकास मन्त्री, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विरमान चौधरी, भौतिक पूर्वाधार विकास मन्त्रीमा मानबहादुर धामी र आर्थिक मामिला तथा योजना मन्त्रीमा पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई नियुक्त गरिने चर्चा चलिरहेको छ ।

यस्तै नेकपाका सचेतक अक्कल रावल वन तथा वातावरण राज्यमन्त्री र कुन्ति जोशी र देवकी मल्ल मध्ये एक जना भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्ने चर्चा चलेको छ । नेकपा प्रचण्ड–नेपाल समूहभित्र विगतमा मन्त्रीदेखि मुख्यमन्त्रीसम्मका दाबेदार रहेका प्रदेशसभा सदस्यहरुको व्यवस्थापन गर्न विषय मन्त्रालय टुक्राउने तयारी गरिएको हो ।