धनगढीका पत्रकार भट्ट कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिताबाट सम्मानीत

धनगढीका पत्रकार भट्ट कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिताबाट सम्मानीत

धनगढी । कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामुलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ जना नेपाली पत्रकारलाई सम्मान गरिने भएको छ । धनगढीबाट पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टका पत्रकार शिवराज भट्टलाई पनि उक्त सम्मान प्रदान गरिने भएको छ ।

अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवंम पत्रकार महासंघसँगको सहकार्यमा भट्ट लगायत ३५ जना नेपाली पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गर्न लागिएको महासंघले जनाएको छ ।

कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन–प्रसारण गरेका चेतनामूलक समाचार सामग्रीहरू पठाउन सूचित गरे बमोजिम प्राप्त २८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयबस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखन शैली एवम् भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि नेपाल पत्रकार छनौट समितिवाट छनौट गरिएको हो ।