आइएमई पे मार्फत टिकापुर खानेपानीको महशुल तिर्न सकिने

आइएमई पे मार्फत टिकापुर खानेपानीको महशुल तिर्न सकिने

धनगढी । आइएमई ग्रुप द्धारा प्रवद्रधित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालीत आइएमई पे र टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, टिकापुर, कैलाली विच सम्झौता भएको छ । 

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महशुल आइएमईका एजेन्ट पार्टनरहरु वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा आइएमई पे का तर्फवाट आइएमई लिमिटेडका सुदूपश्चिम प्रमुख सञ्जय मुर्ति कोइराला र टिकापुर खानेपानीका अध्यक्ष भैरव सिंह रावलले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताबाट ८००० बढी घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ ।