उच्च हिमाली भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

धनगढी खबर    

उच्च हिमाली भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाण्डाै । आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यकाअनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद् शाक्यको आग्रह छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उहाँको भनाइ छ ।

यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।



बिहिबार ०८, माघ २०७७ ०८:२० मा प्रकाशित

#हिमपातको सम्भावना #मौसम

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस