नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो ।
भने आज सुनको मूल्य तोलामा ६ सयले बृद्धि भइ प्रतितोला सुन ९३ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ६ सय रहेको छ । बुधवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ ।
बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज मूल्य बृद्धि भइ सुनको मूल्य १२ सय ७५ रहेको महासंघले जनाएको छ ।