नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचारी पक्राउ

नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचारी पक्राउ

नक्कली जग्गाधनी बनेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा मालपोत कार्यालय कलंकीमा नासु नारायण श्रेष्ठ र सोही कार्यालयका शाखा अधिकृत दिपक दाहाललाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ हो । नुवाकोट ककनी गाउँपालिका ८ घर भएका श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका ४ बस्ने दाहाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

थानकोट ५ मा रहेको मीना खड्काको १ रोपनी ४ आना जग्गालाई उनी बेल्जियम रहेको बेलामा नक्कली जग्गाधनी, जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेको प्रहरीले जनाएको छ ।