धनगढीमा करिब ३० लाखको लगानीमा निःशुल्क महाप्रस्थान यान सञ्चालन हुँदै

धनगढीमा करिब ३० लाखको लगानीमा निःशुल्क महाप्रस्थान यान सञ्चालन हुँदै

धनगढी । धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आउने भएको छ । बिहिवार व्यवसायी गोपाल हमालले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका छन् ।

कुनै पनि सवारी साधनले त्यो पाथिक शरीर शुल्क दिँदा पनि बोक्न नमान्ने भएकाले त्यसको समस्या लाई समाधान गर्नका लागि आफूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको व्यवसायी हमालले बताए ।

धनगढी उपमहानगरपालिका भित्रका बासिन्दाहरू लाई निःशुल्क रूपमा सञ्चालन गर्न उद्देश्यले यो महाप्रस्थान यान सञ्चालनमा ल्याएको उनले बताए ।

चालु आर्थिक वर्ष भित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले दाबी गरे । निःशुल्क महाप्रस्थान यान सञ्चालनको लगानी ३० लाख रुपैयाँ रहेको व्यवसायी हमालले जानकारी दिए ।