शिक्षकको हत्या गरेको आरोपमा विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

शिक्षकको हत्या गरेको आरोपमा विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ। 

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।