बारा– सामाजिक सञ्जालमार्फत चिठा परेको भन्दै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सो अभियोगमा प्रसौनी गाउँपालिका–४ बंजरियाका २७ वर्षीय भोला महतोलाई मंगलबार पक्राउ गरेको छ ।
महतोले महागढीमाई नगरपालिका–३ बस्ने दीपेन्द्रप्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको पाइएको छ ।
महतोउपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।