सुनसरीको १ सय २४ वडामा कांग्रेसको प्रदर्शन

सुनसरीको १ सय २४ वडामा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेस सुनसरीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका १ सय २४ वडामा प्रदर्शन गर्दैछ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गर्ने केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सुरु भएको जिल्ला कार्य समितिले सुनसरीले जनाएको छ

।सदरमुकाम इनरुवाको वडा नम्बर ६ मा भने एका विहानै र्याली तथा प्रदर्शन सहित कोण सभा समपन्न गरिएको छ । नेपाली कांग्रेस इनरुवा ६ नम्बर वडा समितिले विहानै विरोध प्रदर्शनको आयोजना गरेको हो । प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ता सहित कांग्रेस भातृ संगठन आवद्ध सदस्य तथा पदाधिकारी लगायतको उपस्थिती थियो ।

वडा कार्यालयमा भेला भएका कांगे्रसीहरुले र्याली पश्चात कोण सभाको आयोजना गरेका छन् । विरोध सभालाई वडा समिति अध्यक्ष सुमन थापा सहितका नेताहरु दिनेश सुवेदी, उत्तम कार्की लगायतले सम्बोधन गरेका छन् ।