धनगढी । केही दिनयता कैलाली–कञ्चनपुरमा चिसो बढेको छ । चिसो अत्यधिक बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम लाग्दै आएको भएपनि धनगढीमा दुई दिनयता भने घाम देखिएको छैन ।
बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ ।
शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको हो । चिसोले सुकुम्बासी, मुक्तकमैया, बालबालिका र वृद्धवृद्धा लगायत विपन्न वर्ग बढी समस्यामा परेका छन ।