पीएम कप : पुलिसले लुम्बिनीलाई दियाे ३११ रनकाे लक्ष्य

पीएम कप : पुलिसले लुम्बिनीलाई दियाे ३११ रनकाे लक्ष्य

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ओभरमा चार विकेट गुमाएर ३ सय १० रन बनायो ।

पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले सात चौका र एक छक्काको मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी र पवन शरार्फले अर्धशतक बनाए । दिपेन्द्र सिंहले ८५ तथा पवन शरार्फले ५० रन जोडे । यस्तै आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट लिए । आज दुवै टिम दोस्रो जितको खोजीमा रहेका छन् । अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिसले एकमा जित र एकमा हार बेहोरेको छ ।