कैलालीमा निर्वाचनको तयारी सुरु

धनगढी खबर    

कैलालीमा निर्वाचनको तयारी सुरु

धनगढी । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी ०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि कार्यालयले मतदानस्थल थप्ने, केन्द्र हेरफेर गर्ने र त्रुटि सच्याउने काम सुरु गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले चार स्थानमा मतदानस्थल थप्नुपर्ने देखिएको बताए । ‘जिल्लाभर २३१ मतदानस्थल र ५३४ मतदान केन्द्र रहेका छन्,’ निर्वाचन अधिकारी भट्टले भने, ‘कैलालीको पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकाले चार मतदानस्थल थप्ने तयारी भईरहेको छ । त्यस्का लागि हामी फिल्डमा पनि पुगिसकेका छौ ।’

भट्टका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अध्यावधिक गर्ने तयारी पनि भईरहेको छ । त्यस्का लागि स्थानीय तहको केन्द्रमा रहेका वडा सचिवलाई सहायक नाम दर्ता अधिकारी तोकिएको भट्टले बताए ।

‘माघ १५ गतेदेखि मतदाता नामावली प्रकाशन गर्ने तयारी छ,’ उनले भने, ‘त्यसपछि १ गतेसम्म त्रुटी सच्याउने र हटाउने काम गरिने छ ।’ मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनले बताए । 



बिहिबार ०८, माघ २०७७ ०३:०० मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस