बिहीबार ३३६ जना कोरोना संक्रमित थपिए, २२६ जना डिस्चार्ज

धनगढी खबर    

बिहीबार ३३६ जना कोरोना संक्रमित थपिए, २२६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ५ हजार ३० पीसीआर परक्षिण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ।



बिहिबार ०८, माघ २०७७ ०४:१६ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस