नक्कली फेसबुक पेजबाट साइबर अपराध गर्नेविरूद्द प्राधिकरणले कारबाही थाल्ने

नक्कली फेसबुक पेजबाट साइबर अपराध गर्नेविरूद्द प्राधिकरणले कारबाही थाल्ने

 नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामको दुरुपयोग गरी फेसबुकमा भ्रामक जानकारी प्रकाशित भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । बिहीबार बिहान टेकपानाले फेसबुक बुस्ट गरेर नियामककै नाममा साइबर अपराध, नियमन शून्य शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे ।

एक सूचना जारी गर्दै प्राधिकरणले अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराएको छ ।

साथै प्राधिकरणको फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइएको छ ।

यसअघि नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीको नाम दुरुपयोग गर्दै फिशिङ आक्रमण हुँदै आएकोमा अब भने नियामक नेपाल दूरसञ्चार प्राधिकरणकै नामबाट यस किसिमका गतिविधि हुन थालेका छन् ।

प्रयोगकर्तालाई झुक्याउन प्रतिष्ठित ब्राण्ड, कम्पनी तथा निकायको नाममा सामाजिक सञ्जालमा पेज बनाउने गतिविधि माैलाएकाे छ ।