प्रधानमन्‍त्री ओलीले दिए मोदीलाई धन्यवाद

प्रधानमन्‍त्री ओलीले दिए मोदीलाई धन्यवाद

प्रधानमन्‍त्री केपी ओलीले संकटको अवस्थामा भारत सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गरेका छन्।

ओलीले बिहीबार आफ्नो अफिसियल ट्‌वीटर ह्‍यान्डलबाट भारतीय प्रधानमन्‍त्री मोदीलाई मेन्‍सन गर्दै लेखेका छन्, 'कोरोनाविरुद्धको खोप सहयोगका रुपमा उपलब्ध गराएकोमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी जी र भारत सरकार र भारतीय जनतालाई म धन्यवाद दिन चाहान्छु।' ओलीले  संकटका बेलामा छिमेकीबाट भएको यो सहयोग प्रशंसनीय रहेको बताएका छन्। 

भारतले १० लाख डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको हो । बिहीबार बिहान एयर इन्डियामार्फत कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको हो । बिहीबार दिउँसो नै भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।