धनगढी । नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका नगर समितिका सभापति एवम् धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कम्युनिष्टहरुले अपराधीहरुलाई माला पहिराएका कारण मुलुकमा अपराध बढेको आरोप लगाएका छन् ।
बिहीबार नेपाली कांग्रेसले वडा नम्बर ६ मा आयोजना गरेको वडा स्तरीय बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।
अपराधीहरुको अभिभावक केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार भएको बताउँदै तीन वर्षको अवधिमा कम्युनिष्टहरुले बलात्कारी, चोर, हत्यारा, भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने काम मात्रै गरेको नगर प्रमुख ओडले आरोप लाएका छन