महेन्द्रनगर,माघ ०८ । नेपाल खानेपानी संस्थान महेन्द्रनगर शाखाको महशुल अब आईएमई पे मार्फत तिर्न सकिने भएको छ । बिहिवार आईएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालीत आइएमई पे र नेपाल खानेपानी संस्थान महेन्द्रनगर शाखा विच सम्झौता भएको हो । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महशुल आईएमईका एजेन्ट पार्टनरहरु वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सकिने आईएमई लिमिटेड सुदूपश्चिम प्रदेश प्रमुख सञ्जय मुर्ति कोइरालाले बताए।
आइएमई पे का तर्फवाट आइएमई लिमिटेडका सुदूपश्चिम प्रमुख सञ्जय मुर्ति कोइराला र नेपाल खानेपानी संस्थान महेन्द्रनगर शाखाका प्रमुख संगिता थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
महेन्द्रनगरका २७०० भन्दा बढी घरधुरी उक्त सेवाबाट लाभान्वित हुने आईएमई कम्पनीले जनाएको छ ।