एकै दिन कञ्चनपुरमा २ जना मृत फेला !

एकै दिन कञ्चनपुरमा २ जना मृत फेला !

कञ्चनपुर । कञ्चनपुरमा २ जना मृत भेटिएका छन्।

बिहीबार नै जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा गरि २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनर्वास नगरपालिका ४ को घ गाउँमा रहेको महादुर्गा टाटा इँटा भट्टामा कार्यरत ७१ वर्षीय किसुन सरोज मृत अवस्थामा फेला परेको बताए।  राति सुतेका भारतको प्रतापगढ जिल्लाको नवहता ग्राम घर भएका सरोज बिहान मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
 
त्यस्तै  भीमदत्त नगरपालिका १८ को पत्थरपुरमा २५ वर्षीय रमेश चौधरी पनि मृत भेटिएको उनले बताए। चौधरी आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार दुवैका मृतकका आफन्तले परीक्षणपछि शव बुझेका छन्।