सेती अञ्चल अस्पतालको नया बन्ने भवन डेढबर्षपछि मात्रै निर्माण कार्य शुरु

सेती अञ्चल अस्पतालको नया बन्ने  भवन डेढबर्षपछि मात्रै निर्माण कार्य शुरु

सेती अञ्चल अस्पतालको नया बन्ने भवनको निर्माण सम्झौता भएको डेढबर्षपछि मात्रै निर्माण कार्य शुरु गरिएको छ ।

टेण्डर पारित भएर साढेतीन बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले डेढ बर्ष पछि काम शुरु गरेको छ ।

निर्माण कम्पनीले गरिरहेको कामप्रति अस्पताल प्रशासन सन्तुष्ट र शहरी विकास तथा भवन निर्माण कार्यालय असन्तुष्ट जनाएका छन ।

२०७७ बैशाख सम्ममा निर्माण सम्पन्न गरी सेती अञ्चल अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ । निर्माण कम्पनी रबिना एण्ड थेगिम जेभीले हालसम्म पाँच प्रतिशत मात्रै निर्माण कार्य गरेको छ । अस्पतालको आकस्मिक कक्ष भन्दा पश्चिमपट्टि निर्माण भइरहेको सो भवनमा पाँच वटा ब्लक बन्नुपर्ने छन् । अंग्रेजी एल अक्षरको आकारमा निर्माण हुने सो भवनमा सम्झौता अनुसार आजको मिति सम्म ३० प्रतिशत काम पुरा भइसक्नुपर्ने हो । निर्माणको ठेक्का पाएको कम्पनीले काम शुरु गर्न कुनै सुरसार नगरेपछि शहरी विकास तथा भवन निर्माण बिभागको संघीय कार्यान्वयन इकाइले पत्र पठाएपछि एक महिना अघि मात्रै काम शुरु गरेको छ ।

१८ करोड ७४ लाख मा ठेक्का कबोल गरेको सो कम्पनीले नियम अनुसार पाइने मोबिलाइजेसन पेश्की लिएको छ । नियम अनुसार यस्तो पेश्की सम्पूर्ण ठेक्का रकमको १० प्रतिशत हुन्छ ।

 शहरी विका कार्यालयले पेश्की लिन पूर्व निर्माण कमपनीले पेश गरेको बैंक ग्यारेण्टीको रकम फिर्ता लिने भन्दै एक महिना अघि पत्र पठाएपछि मात्रै उसले काम शुरु गरेको हो । कम्पीने शुरुमा केही काम गरे पनि अहिले फेरी गति सुस्त भएको शहरी विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर श्याम बुढाथोकीले  ठेकेदार कम्पनीको काम सन्तोषजनक नरहेको  बताउनुभयो ।

समयमै भवन निर्माण सम्पन्न भए बिरामीको उपचारमा सहजता आउने अपेक्षा गरिरहेको अस्पताल प्रशासन पनि ठेकेदार कम्पनीको कामप्रति सन्तुष्ट छैन् । निर्माण कम्पनीको काम कछुवा गतिमा भइरहको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले ५ ब्लक बन्नुपर्नेमा जम्मा दुई ब्लकमा काम शुरु भएके बताउनुभयो ।

उहाँले एक ब्लकमा संरचनाको आकार आउने गरी जग सम्म निर्माण भएको र अर्को ब्लकका लागि खाडल मात्रै खनिएको जानकारी दिनुभयो ।

बिरामीको चाप अत्यधिक रहेको अस्पतालमा पूर्वाधार निर्माणको गति सुस्त भएका कारण सेवा सुविधाहरु थप गर्न समस्या भइरहको समेत डा. पाण्डेले बताउनुभयो ।