सञ्चारकर्मी लामिछानेले नयाँ टेलिभिजन च्यानल खोल्ने

सञ्चारकर्मी  लामिछानेले नयाँ टेलिभिजन च्यानल खोल्ने

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने हिजो बिहिबार रातिदेखि औपचारिक रुपले न्यूज २४ च्यानलबाट वीदा भएका छन् ।

उनले उक्त च्यानलमा पछिल्लो पाँच वर्षदेखि सहयत्रा गरिरहेका थिए । 

उनले हिजो माघ ८ विहिवारका दिन आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको अन्तिम इपिसोड चलाएर विदा लिएका हुन् ।

अन्तिम कार्यक्रमपछि न्यूज २४ च्यानलबाट बाहिरिँदै गर्दा लामिछानेले आगामी वैशाखदेखि आफ्नो नयाँ टेलिभिजन च्यानल प्रसारण हुने संकेत दिउका हुन् ।

लामिछानेले सञ्चालन गर्ने च्यानलको नाम ग्यालेक्सी टेलिभिजन हुनेछ, जसको स्टेशन तथा कार्यलय बालुवाटारमा रहेको समेत जानकारी बाहिएको छ ।

उनले आफ्नो नयाँ टेलिभिजन च्यानलबाट सिधा कुरा जनतासंगको विकल्पमा ‘द लिडर’ शीर्षकको नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने जनाएका छन् ।

बिहिबार राति पत्रकारहरुसंग कुराकानी गर्दै रविले भनेका छन्–‘नियम बदलिएला, नीति बदलिएला तर मेरो नियत बदलिने छैन । यदि मेरो नियत बदलियो भने जहाँ भेट्यो त्यहा ढुगांले हान्नु होला । मैले यो जूनिलाई पुग्ने माया पाएको छु । म सौभाग्यशाली मान्छेको रुपमा आफूलाई पाएको छु । दर्शकबाट फूल पाएको छे, त्यसको इज्जत राख्ने छु ।’