धनगढी जुनियर जेसीज वर्ष २०२१ को नयाँ नेतृत्व चयन, अध्यक्षमा अवस्थी

धनगढी जुनियर जेसीज वर्ष २०२१ को नयाँ नेतृत्व चयन, अध्यक्षमा अवस्थी

धनगढी : धनगढी जुनियर जेसीजको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिवार धनगढी जुनियर जेसीजको छैटौं वार्षिक साधारण सभाबाट धनगढी जुनियर जेसीज वर्ष २०२१ को अध्यक्षमा देवराज अवस्थीको नयाँ नेतृत्वमा चयन गरिएको हो।

धनगढी जुनियर जेसीजको कार्यकारिणी उपाध्यक्षद्वय अबिशेक बिष्ट र अभिनाश गुराँगाई,कानुनी सल्लाहकारमा रन्जना पन्त,महासचिव निराजन राज जोशी,कोषाध्यक्ष,प्रियान्सा उप्रेती चयन भएका छन् ।

यस्तै धनगढी जुनियर जेसिसको उपाध्यक्षमा रीदम रोकाया, रामकृष्ण जोशी,साकार बिष्ट,चेतन पाण्डेय चयन भएका छन् भने तालिम संयोजकमा आकान्क्ष्या बिष्ट,शाखा सम्पादक कबिता बिष्ट,वृद्धि संयोजक जगदीश न्यौपाने,प्रकरण निर्देशक भुपेन्द्र बोगटी ,कोष वृद्धि संयोजक चादनी बिष्ट,जनसम्पर्क अधिकारी पवन भट्ट,सह- सचीव शुभम पनेरु ,सह- कोषाध्यक्ष रुपेश महरा चयन भएका छन् । जेसीजमा एक ब्यक्ती एक पद एक कार्यकाल रहने व्यबस्था रहेको छ । त्यही अनुरुप नयाँ नेतृत्व चयन भएको छ ।