निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि थाल्यो आन्तरिक तयारी

निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि थाल्यो आन्तरिक तयारी

आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय निर्वाचन सुरक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य सुरक्षा निकायसँगै सेनाको पनि प्रतिनिधित्व पनि छ ।

निर्वाचन सुरक्षालाई अन्य सुरक्षा निकायसँग र सेनाभित्र पनि छुट्टै आन्तरिक तयारी भइरहेको समाचारमा उल्लेख छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारले गरेको निर्वाचनको घोषणा अनुरुप सेनाले सहकार्य गरिरहेको प्रतिक्रिया दिए ।